कोरोनाको विषयमा छलफल गर्न आकस्मिक जी–२० बैठक बस्दै

कोरोनाको विषयमा छलफल गर्न आकस्मिक जी–२० बैठक बस्दै
बिहिबार, चैत्र १३, २०७६

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस अर्थात कोभिड(१९ को विषयमा छलफल गर्न आकस्मिक जी–२० बैठक बोलाइएको छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण फैलिएको करिब तीन महिनापछि ठूलो अर्थतन्त्र भएका मुलुकहरुको समूह जी(२० सदस्य राष्ट्र प्रमुखहरुको आकस्मिक भिडियो सम्मेलन बिहीबार हुने भएको छ ।

बम
बम
यस वर्षको जी(२० सम्मेलनको अध्यक्षता साउदी अरेबियाले गर्दैछ । आज हुने भिडियो सम्मेलनबाट कोभिड(१९ दोहोरिने खतराबाट बच्‍न व्यवहारिक उपायमा बारेमा छलफल हुनसक्ने बताइएको छ ।

त्यसैगरी युरोपियन युनियनका २७ नेताहरुले पनि भिडियो सम्मेलनमार्फत कोभिड(१९ विरुद्ध लड्‍ने साझा धारणा बनाउने बताइएको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले आज हुने जी(२० भिडियो सम्मेलनमार्फत विश्‍वका ७६ गरिब राष्ट्रहरुमा तत्काल द्विपक्षीय ऋण साहयता उपलब्ध गराउने अपेक्षा गरेका छन् । संयुक्त राष्ट्र संघले बुधबार दुई अर्ब अमेरिकी डलर बराबरको मानवीय सहायता कोष स्थापना गरी गरिब मुलुकहरुलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

जी(२० मा बलियो अर्थतन्त्र भएका १९ राष्ट्रहरु र युरोपियन युनियनकोको संलग्‍नता रहेको छ । – दि गार्जियन