अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकहरूको उद्धार गर्ने

अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकहरूको उद्धार गर्ने
बिहिबार, चैत्र १३, २०७६

काठमाडाैं । अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकहरूको उद्धार गर्ने तयारी गरिएको छ। अस्ट्रेलियाले आफ्ना नागरिक तथा नेपाली मूलका पिआरधारी व्यक्तिहरूसमेतको उद्धार गर्ने तयारी गरेको हो ।

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण लकडाउन गरेर सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको अस्टेलियाले नेपालमा रहेको आफ्ना नागरिकको उद्धार गर्ने तयारी गरेसँगै सम्बन्धित सबैलाई नेपालस्थित अस्ट्रेलियाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको गैर आवासीय नेपाली संघ अस्ट्रलियाले जनाएको छ ।

केही स्वास्थ्य प्रक्रिया पूरा गर्नुपर्ने र यसैकारण नेपालस्थित अष्ट्रेलियन दूतावासले तत्कालै काठमाडौं बाहिर भए काठमाडौं आउन र दूतावासमा सम्पर्क गर्न आह्वान गरेको जनाइएको छ ।

अस्ट्रेलियाले आफ्ना नागरिकहरुसँगै अष्ट्रेलियन पीआर भएका गैर आवासीय नेपालीहरूलाई पनि उद्धार गर्ने समाचाहरूमा उल्लेख छ ।