सन्दिपले कोरोना जोखिम कोषमा एकलाख रुपैया दिने

सन्दिपले कोरोना जोखिम कोषमा एकलाख रुपैया दिने
बिहिबार, चैत्र १३, २०७६

काठमाडौं । नेपाली चर्चित क्रिकेटर सन्दिप लामिछानेले कोरोना भाइरसको उपचारका लागि सरकारले बनाएको उद्धार कोषमा एक लाख रुपैया सहयोग गर्ने घोषणा गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जाल ट्विटरमार्फत् सरकारले बनाएको कोषमा एकलाख रुपैया सहयोग गर्ने घोषणा गरेका हुन् ।

सामाजिक दुरी कायम राख्न आग्रह गर्दे उनले सहयोगको आवश्यकता भएकालाई सहयोग गर्न समेत अपिल गरेका छन् ।