पर्यटक उद्धारका लागी तारा एयरको विमान लुक्ला उड्यो

पर्यटक उद्धारका लागी तारा एयरको विमान लुक्ला उड्यो
बिहिबार, चैत्र १३, २०७६

काठमाडौँ । कोभिड – १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण अलपत्र पर्यटकको उद्धारका लागी तारा एयरको विमान लुक्ला उडेको छ ।

लुक्लामा विगत दुई दिनदेखि अलपत्र १४ फ्रान्सेली पर्यटकको उद्धार गर्न तारा एयरको विमान लुक्ला पठाएईको हो ।

काठमाडौं स्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि उद्दार गर्न नीजि वायुसेवा कम्पनी तारा एअर तयार भएको हो ।