कालिमाटी तरकारी बजार खोल्न छलफल सुरु

कालिमाटी तरकारी बजार खोल्न छलफल सुरु
बिहिबार, चैत्र १३, २०७६

काठमाडौँ । फलफूल तथा तरकारीको अभाव सिर्जना हुन नदिन दैनिक सात घण्टा कालिमाटी तरकारी बजार खोल्न छलफल सुरु थालिएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहान ३ बजेदेखि ७ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म बजार खोल्नेबारे छलफल थालिएको हो ।

सरकारले लकडाउन घोषणा गरेपछि तरकारी बजारको कारोबार एक तिहाईमा खुम्चिएको छ भने उपभोक्ताहरुमा सहज रुपमा तरकारी तथा फलफूलको आपुर्ती हुन सकेको छैन ।

लकडाउनको पहिलो दिन मंगलबार बजारमा साढे ५ सय टन, दोस्रो दिन ३ सय ७० टन र बिहीबार २ सय २५ टन मात्रै तरकारी बजार विकास समितिले जनाएको छ ।
उपभोक्ता र बिक्रेतालाई लकडाउनले असहज भएकोबारे छलफल अघि बढेको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।