कोरोना भाइरसः सबैभन्दा बढी संक्रमण अमेरिकामा

कोरोना भाइरसः  सबैभन्दा बढी संक्रमण अमेरिकामा
शुक्रबार, चैत्र १४, २०७६

काठमाडौं । तीन महिनादेखि विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ ।

अमेरिकामा एकै दिन १५ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ ।

अहिलेसम्म कोरोना संक्रमित सबैभन्दा बढी भनिएको चीनको भन्दा पनि बढी हो ।

चीनमा ८१ हजार २ सय ८५ मा संक्रमण देखिएकोमा अमेरिकामा त्यो भन्दा २३ सय ८७ ले बढी हो ।

यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा थप १ सय ८२ जनाको मृत्यु भएसँगै मृतकको संख्या पनि १२ सय ९ पुगेको छ ।

उपचारारत ८० हजार ५ सय ९९ मध्ये २१ सय २२ जनाको अवस्था गम्भीर रहेकाले अमेरिकामा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या बढ्ने सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।