कोरोना भाइरस : २४ हजार भन्दा बढीको मृत्यु, संक्रमित अमेरिकामा धेरै

कोरोना भाइरस : २४ हजार भन्दा बढीको मृत्यु, संक्रमित अमेरिकामा धेरै
तस्वीर : एपी
शुक्रबार, चैत्र १४, २०७६

काठमाडौं । तीन महिनादेखि फैलिरहेको कोरोना भाइरसको महामारीबाट २४ हजार भन्दा बढीको मृत्यु भएको छ ।

विश्वमा १९९ देशमा फैलिएको संक्रमणबाट शुक्रबार विहान ७ बजेसम्म २४ हजार ७१ जनाको मृत्यु भएको छ । ५ लाख ३१ हजार ७ सय भन्दा बढी संक्रमित भएका छन् ।

संक्रमित भएका मध्ये १ लाख २४ हजार उपचारपछि ठीक भएर घर फर्किएका छन् । कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा धेरै देखिएका छन् ।

अमेरिकामा एकै दिन १७ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८५ हजार ३ सय ७७ पुगेको छ । संक्रमित हुनेको यो संख्या चीनको भन्दा ४ हजार ३७ ले बढी हो ।

चीनमा ८१ हजार ३ सय ४० मा संक्रमण देखिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा थप २ सय ६८ जनाको मृत्यु भएसँगै मृतकको संख्या पनि १२ सय ९५ पुगेको छ ।

उपचारारत ८२ हजार २ सय १४ मध्ये २१ सय २२ जनाको अवस्था गम्भीर रहेकाले अमेरिकामा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या बढ्ने सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको संक्रमण रोक्ने अनेकौं उपाय अपनाइरहँदा पनि अमेरिकामा संक्रमण फैलने क्रम तीव्र भएको छ ।

इटालीमा पनि संक्रमित हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा ६ हजार २०३ जना संक्रमित थपिएसँगै इटालीमा ८० हजार २ सय ८५ संक्रमित छन् । ८ हजार २ सय १५ जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ । ४ हजार ३ सय ६५ ले ज्यान गुमाएका छन् । जर्मनीमा पनि संक्रमितको संख्या बढ्दो छ ।

६ हजार ६ सय १५ संक्रमित थपिएसँगै जर्मनमीमा कोरोना भाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ३८ पुगेको छ । अहिलेसम्म जर्मनीमा २ सय ६७ जनाले ज्यान गुमाएका छन् । इरानमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ३४ पुगेको छ भने २९ हजार ४०६ मा संक्रमण देखिएको छ ।