कोरोनाका कारण इटालीमा एकैदिन ७ सय १२ को मृत्यु

कोरोनाका कारण इटालीमा एकैदिन ७ सय १२ को मृत्यु
शुक्रबार, चैत्र १४, २०७६

एजेन्सी । कोरोना भाईरस (कोभिड–१९) का कारण इटालीमा एकै दिन ७ सय १२ जनाको मृत्यु भएको छ ।

योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या सबैभन्दा बढि रहेको इटालीमा मृतकको संख्या पनि ८ हजार २१५ पुगेको छ ।

त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ८० हजार नाघेको छ । बिहीबारमात्रै इटालीमा ८ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ८० हजार नाघेको हो ।

यता स्पेनमा ज्यान गुमाउनेको संख्या ४ हजार ३६५ पुगेको छ जसमा बिहीबार मात्रै ७१८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

समग्र संक्रमितको संख्या पनि ५७ हजार नाघेको स्पेनमा बिहिबारमात्रै ८ हजार बढि नयाँ संक्रमित देखिएका छन ।