अनलाइन न्यूज पोर्टलमा प्रेसकाउन्सीलको उच्च निगरानी, भ्रम फैलाउनेलाई कारबाहीको तयारी

अनलाइन न्यूज पोर्टलमा प्रेसकाउन्सीलको उच्च निगरानी, भ्रम फैलाउनेलाई कारबाहीको तयारी
शुक्रबार, चैत्र १४, २०७६

काठमाडौं । अनलाइन सञ्चारमाध्यमले कोरोना भाइरस सम्बन्धि भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले कारवाही गर्ने चेतावनी दिएको छ ।

काउन्सिलले शुक्रबार विज्ञप्ति जारी गरी कोरोना भाइरसले विश्व नै त्रसित भइरहेको र नेपाल सरकारले विभिन्न आदेश जारी गरिसकेको अवस्थामा सूचना तथा प्रशारण विभागमा दर्ता नै नभएका र काउन्सिललमा सूचीकरणका लागि निवेदन नदिएका केही अनलाइनले संवेदनशीलतालाई रमाइलो विषय बनाएर झुटा समाचार सम्प्रेषण गरेकाले कानूनअनुसार कडा कारवाही गर्ने चेतावनी दिएको हो।

प्रेज काउन्सिलले विहिबार जारी गरेको विज्ञप्ति

केही अनलाइन विदेशमा भएका कोरोना भाइरस सङ्क्रमणका घटनालाई नेपालमै भएको जस्तो गरी शीर्षक राखेर सामग्री राखेको विषयकाप्रति ध्यानाकर्षण भएका जनाउँदै काउन्सिलले त्यस्ता अनलाइन न्यूज पोर्टललाई कानूनी दायरामा ल्याउने जनाएको छ ।