भ्रम फैलाउने वेबसाइटबिरुद्ध प्रेस काउन्सिल, बन्द गरायो ३ वटा वेबसाइट

भ्रम फैलाउने वेबसाइटबिरुद्ध प्रेस काउन्सिल, बन्द गरायो ३ वटा वेबसाइट
शनिबार, चैत्र १५, २०७६

काठमाडौं – कोरोना भाइरसबारे भ्रम फैलाउने बेवसाइट तथा अनलाइनबिरुद्ध नेपाल प्रेस काउन्सिलले कारबाही सुरु गरेको छ ।

काउन्सिलले ३ वटा वेवसाइट बन्द गराएको छ भने अरु अनलाइनलाई पनि उच्च निगरानीमा राखेको जनाएको छ ।

काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ ।

यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको  छ ।