अष्ट्रेलियामा ८ नेपाली कोरोनाभाइरस संक्रमित

अष्ट्रेलियामा ८ नेपाली कोरोनाभाइरस संक्रमित
आइतवार, चैत्र १६, २०७६

अष्ट्रेलिया- अष्ट्रेलियामा ८ नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भएर घर फर्किएका छन् ।

अष्ट्रेलियामा रहेको नेपाली दूतावासले सो कुरा पुष्टि गरेको हो । तास्मानियामा बस्दै आएका एक नेपाली संक्रमित निको भएका हुन् ।

दूतावासका अनुसार अहिलेसम्म न्यू साउथ वेल्समा ४ जना र भिक्टोरियामा तीन जना संक्रमित भेटिएका छन् । संक्रमित सातैजना आ–आफ्नो घरभित्र क्वारेन्टिनमा रहेको दूतावासले जानकारी दिएको छ ।

दूतावासले नेपाल फर्कन चाहेका र समस्यामा रहेका केही नेपाली विद्यार्थी, घुम्न आएका अभिभावक सुरक्षित रुपमा नेपाल फर्काउन काठमाडौंमा रहेको दूतावाससँग समन्वय गरिरहेको जानकारी दिएको छ ।