नेपालगंज सीमामा खटिएका प्रहरी विरामी : लक्ष्यण कोरोनासँग मिलेपछि क्वारेन्टाइनमा लागियो

नेपालगंज सीमामा खटिएका प्रहरी विरामी : लक्ष्यण कोरोनासँग मिलेपछि क्वारेन्टाइनमा लागियो
आइतवार, चैत्र १६, २०७६

नेपालगंज :  बाँकेको नेपाल–भारत सीमास्थित जमुनाह नाकामा खटिएका प्रहरी विरामी परेपछि क्वारेन्टाइनमा लगिएको छ।

प्रहरी जवानमा कोरोना भाइरस संक्रमण हुनेहरुमा जस्तै लक्षण देखिएपछि उनलाई क्वारेन्टाइनमा राखिएको हो।

बाँके प्रहरीका अनुसार अहिले ती प्रहरीलाई धम्बोझीस्थित सामर्थ ईन होटलमा बनाइएको अस्थायी क्वारेन्टाईनमा राखिएका छन्। उनको परिचय भने खुलाइएको छैन।

यस क्वरेन्टाईनमा पहिला महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट सारिएका १३ जान थिए भने प्रहरी जवान थपिएसँगै कोरोनाको आशंकामा राखिएको संख्या १४ पुगेको छ।

नेपाल–भारत सीमा जमुनाहामा कार्यरत उनी डिउटीका बेला नेपाल–भारत ओहोरदोहोर गर्ने मानिसको निगरानी, चेकजाँचमा सक्रीय थिए।

सोही क्रममा उनमा अस्वभाविकरुपमा ज्वरो आएपछि कोरोना भाइरसको आशंकामा क्वारेन्टाईनमा राखिएको सीमा नाकामा खटिएका एक प्रहरीले जानकारी दिएका छन्।