लकडाउनले अलपत्र परेका ९ सय ६४ पर्यटकको उद्धार

लकडाउनले अलपत्र परेका ९ सय ६४ पर्यटकको उद्धार
आइतवार, चैत्र १६, २०७६

काठमाडौंमुलुक लडकडाउनमा गएपछि अलपत्र परेका विभिन्न मुलुकका ९ सय ६४ जना पर्यटकको उद्धार गरेको छ ।

मंगलबारदेखि मुलुक लकडाउनमा गएपछि ताप्लेजुङ, सोलुखुम्बु, कास्की र मुस्ताङमा अलपत्र परेका ९ सय ६४ जना जर्मनी, फ्रान्स र रसियाका नागरिकलाई उद्धारपछि सम्बन्धित मुलुक पठाइएको  पर्यटन बोर्डले जनाएको छ ।

शनिबार उद्धार गरिएकामध्ये ९ सय १३ जना विदेशीलाई २ वटा फ्रेन्च र एउटा जर्मन फ्लाइटमार्फत गन्तब्यसम्म पठाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए ।

लुक्लामा रहेका ८० नेपाली गाइडसहित १७० जना विदेशीलाई पनि काठमाडौं ल्याइएको उनले जानकारी दिएका छन् ।

शुक्रबार बसेको कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले न्यूनतम आवागमन खुल्ला गर्दै अलपत्र परेका स्वदेशी तथा विदेशीलाई गन्तब्यसम्म पुर्‍याउँने निर्णय गरेको थियो ।