कोरोना संक्रमण र उपचारबारे थाहा पाउने एप सार्वजनिक

कोरोना संक्रमण र उपचारबारे थाहा पाउने एप सार्वजनिक
सांकेतिक तस्वीर
आइतवार, चैत्र १६, २०७६

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड – १९ अर्थात कोरोना भाइरसको संक्रमण तथा उपचार विधिबारे जानकारी दिने एप सार्वजनिक गरेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रालयले बनाएको ‘हाम्रो स्वास्थ्य’ नामक एपको सार्वजनिक गरेका छन् ।

उक्त एपमार्फत घरमै बसेर कोभिड-१९ को स्व:मूल्यांकन गर्न सकिने छ ।

तत्कालका लागि नयाँ मोबाइल एप ‘हाम्रो स्वास्थ्य’  गुगल प्लेस्टोरमा उपलब्ध नभए पनि मन्त्रालयको वेब पोर्टल covid19.mohp.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

एप्समा कोरोना संक्रमणको शंका लागेमा आफूले खोजेको सुविधा नजिकको अस्पतालमा छ या छैन भन्ने जानकारी दिने त्यस्तो सुविधा नभए अर्को  नजिकको अस्पताल पहिचान गर्न समेत मद्दत मिल्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।