एक हप्ता लकडाउन थप, अब २५ गतेसम्म हिडडुलमा प्रतिबन्ध

एक हप्ता लकडाउन थप, अब २५ गतेसम्म हिडडुलमा प्रतिबन्ध
तस्वीरः प्रधानमन्त्रीको सचिवालय
आइतवार, चैत्र १६, २०७६

काठमाडौं । सरकारले लकडाउनको अवधि अरु एक साता बढाएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सात दिन लकडाउन बढाउने निर्णय गरेको हो ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान कम्तिमा एक हप्ता बढाउन गरेको प्रस्तावमा मन्त्रीपरिषद्ले  उक्त प्रस्ताव अनुमोदन गरेको हो ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।

सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप एक साता लकडाउन हुनेछ । योसँगै अब लकडाउनम चैत्र २५ गते राति १२ बजे सम्मका लागि पुगेको छ ।