कोरोना भाइरस : २४ घण्टामा अमेरिकामा २४८ को मृत्यु, १७ हजार बढी संक्रमित

कोरोना भाइरस : २४ घण्टामा अमेरिकामा २४८ को मृत्यु, १७ हजार बढी संक्रमित
सोमवार, चैत्र १७, २०७६

काठमाडौं – कोरोना भाइरसको सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा २ सय ४८ जनाको मृत्यु भएको छ भने १७ हजार ९ सय ८१ जना संक्रमित भएका छन् ।

योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २४ सय ६८ पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ५ सय ५९ पुगेको छ । ४४ सय ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

उपचार गराइरहेका १ लाख ३४ हजार भन्दा बढी मानिसमध्ये २९ सय ७० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउँदै अनिश्चितकालिन राष्ट्रिय संकटकाल लगाइएको छ ।