घरभाडा नलिन सरकारले गरेको आग्रहमा घरबेटीहरुको संस्था सकारात्मक

घरभाडा नलिन सरकारले गरेको आग्रहमा घरबेटीहरुको संस्था सकारात्मक
सोमवार, चैत्र १७, २०७६

काठमाडौं – कोरोना भाइरसको असर अर्थतन्त्रमा पनि परेको भन्दै सरकारले चैत्र महिनाको घरबहाल नलिन घरबेटीलाई गरेको आग्रहलाई घरबेटीहरुको समेत संस्था रहेको घरबहाल सरोकार महासंघले सकारात्मक रुपमा लिएको जनाएको छ ।

‘विषम परिस्थितिमा सरकारले लिएको निर्णय सकारात्मक छ,’ महासंघका अध्यक्ष बलभद्र खनालले भने, ‘संकटको यो घडीलाई घरबेटीले बुझ्नुपर्छ निर्णय कार्यान्वयन हुने अपेक्षा गर्दछु ।’

यो समयमा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिलाई घरबेटीले घरमा ढिलो पुग्दा तथा कोरोनाको त्रासले दुःख दिएको गुनासो समेत आएकाले त्यस्तो नगर्न खनालले आह्वान गरेका छन् । यदी त्यस्तो गरेको पाइए कानूनी दायरमा ल्याइने उनले चेतावनी समेत दिएका छन् ।

सरकारले रोजगारी तथा व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरु लकडाउनका कारण घरमै रहनुपर्ने अवस्था भएपछि आम्दानीको बाटो नै बन्द भएकाले चैत्रको घरभाडा नलिन घरबेटीलाई आग्रह गरेको थियो ।

घरभाडा नलिनेको घरवहाल  कर छुट दिने सरकारले घोषणा गरेको छ ।