कोरोनाका कारण बिदेशी मदिरा र महंगा सवारीसाधन आयातमा प्रतिबन्ध

कोरोनाका कारण बिदेशी मदिरा र महंगा सवारीसाधन आयातमा प्रतिबन्ध
सोमवार, चैत्र १७, २०७६

काठमाडौँ – सरकारले कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकटमा परेको निष्कर्ष निकाल्दै मदिरा र महंगा गाडी आयातमा प्रतिबन्ध लगाएको छ।

आइतबार बसेको मन्त्रिरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म विदेशी मदिरा र महंगा गाडी आयातमा प्रतिबन्ध लगाएको अर्थमन्त्री समेत रहेका सरकार प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

छोकडा, सुपारी आयातमा पनि नियन्त्रण गर्ने निर्णय भएको छ । सरकारले ५० हजार डलरभन्दा बढी मूल्यका सवारी साधन आयातमा पनि रोक लगाउने निर्णय गरेको छ।

इन्टरनेट र डाटा प्याकेज प्रयोग गर्नेलाई २५ प्रतिशत छुट दिने व्यवस्था मिलाउन पनि सरकारले सम्बन्धीत निकायलाई निर्देशन दिएको छ ।