स्वास्थ्य सामग्री बोकेको सेनाको स्काई ट्रक गन्तव्यसम्म नपुगी फिर्ता

स्वास्थ्य सामग्री बोकेको सेनाको स्काई ट्रक गन्तव्यसम्म नपुगी फिर्ता
सोमवार, चैत्र १७, २०७६

काठमाडौं । कोरोना भाइरसको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री बोकेको नेपाली सेनाको स्काई ट्रक गन्तब्यसम्म नपुगी फिर्ता भएको छ ।

सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामग्री बोकेर सुदूरपश्चिम प्रदेश गएको नेपाली सेनाको स्काइ ट्रक समस्या निम्तिएपछि बीचबाटै फर्किएको हो ।

सरकारले चीनबाट ल्याएका व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर लगायतका सामग्री बोकेर सेनाको ट्रक सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुदूरपश्चिमका लागि उडेको थियो ।

विमानमा लोड गरिएका सामानबाट एक प्रकारको गन्ध (राग) आएको र सो रागका कारण चालक दलका सदस्यहरुले अप्ठेरो महसुस गरेपछि सेनाको स्काई ट्रक सामान नपुर्‍याई बीचबाटोबाटै काठमाडौं फर्किएको हो ।

सेनाको स्काई ट्रकले स्वास्थ्य सामग्री सम्बन्धित प्रदेशसम्म नपुगेपछि कोरोना भाइरसको जाँच सम्बन्धित स्थानबाटै गर्ने तयारीमा पनि ढिलाई भएको छ ।