लकडाउन लम्बिदै गए अनलाइनबाट पढाइने

लकडाउन लम्बिदै गए अनलाइनबाट पढाइने
मङ्लबार, चैत्र १८, २०७६

काठमाडौं – लकडाउन लम्बिदै गए विद्यार्थीलाई अनलाइनबाट पढाउने तयारी गरिएको छ ।

बैशाख पहिलो सातासम्म पनि मुलुक लकडाउनकै अवस्थामा गए अनलाइनमार्फत अध्यापन गराउनेबारे सरकारी तथा गैह्रसरकारी निकायहरुले छलफल सुरु गरेका छन् ।

प्याब्सनले अन्य मुलुकमा भइरहेको अनलाइन पढाइबारे अध्ययन गरिसकेको जनाएको छ ।

प्याब्सनका महासचिव कुमार घिमिरेका अनुसार वैशाख पहिलो सातापछि पनि लकडाउन जारी रहे शैक्षिक सत्रमा नै असर गर्ने भएकाले अनलाइन र टीभीमार्फत पढाउने विकल्पको तयारी थालिएको छ ।

मुलुकभर रहेका ३५ हजार सरकारी विद्यालयका विद्यार्थीलाई पनि अनलाइन, टीभी र आवश्यक परे रेडियोबाट समेत पढाउनेबारे छलफल भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । यसका लागि तयारी सुरु गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।