अत्यावश्यक उद्योग चलाउन दिने सरकारको निर्णय

अत्यावश्यक उद्योग चलाउन दिने सरकारको निर्णय
बिहिबार, चैत्र २०, २०७६

काठमाडौं – लकडाउन अवधि बढ्दै जादा अत्यावश्यक सामग्री अभाव हुन थालेपछि सरकारले अत्यावश्यक उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बिहिबार बसेको कोभिड – १९ रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बैठकले अत्यावश्यक उद्योग र ठूला आयोजना सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

त्यस्ता उद्योग र आयोजनामा संलग्न श्रमिकको भने कोरोना भाइरसको संक्रमण हुन नदिन आवश्यक सुरक्षा सामग्री प्रयोग गरेर मात्र काम गर्न दिइने निर्णय भएको छ ।

विदेशी श्रमिक कार्यरत रहेको भए उनीहरुलाई तत्काल उक्त काममा लगाउन नपाइने समितिले निर्णय गरेको छ । कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले यही चैत्र ११ गतेदेखि लकडाउन गरेको छ ।