कोरोना भाइरसका कारण अमेरिकामा एकैदिन ७८१ जनाको मृत्यु, २९ हजार बढी नयाँ संक्रमित

कोरोना भाइरसका कारण अमेरिकामा एकैदिन ७८१ जनाको मृत्यु, २९ हजार बढी नयाँ संक्रमित
शुक्रबार, चैत्र २१, २०७६

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ७८१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ८८३ पुगेको छ ।

अमेरिकामा एकैदिन २९ हजार २२७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ४४ हजार २३० पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।

अमेरिकामा संक्रमितमध्ये १० हजार ४०२ जना उपचारपछि निको भएका छन् । ५ हजार ४२१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २ लाख २७ हजार ९४४ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ७ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ९ सय ८२ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख १४ हजार २ सय ९६ पुगेको छ । एकै दिन ७९ हजार १ सय जनामा संक्रमण देखिएको जनाइएको छ ।

संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् ।