कोरोना भाइरसका कारण विश्वभर ५२ हजार १५९ को मृत्यु, १० लाख बढी संक्रमित 

कोरोना भाइरसका कारण विश्वभर ५२ हजार १५९ को मृत्यु, १० लाख बढी संक्रमित 
शुक्रबार, चैत्र २१, २०७६

काठमाडौं–विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म  ५२ हजार १५९ जनाले ज्यान गुमाएका छन् ।

१० लाख १४ हजार ४९९ जना संक्रमित छन् । संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि घर फर्किएका छन् । विश्वका २०४ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

कोरोना भाइरसको संक्रमण २४ घण्टाको अवधिमा ७९ हजार ३०३ जनामा फैलिएको छ । यो समयमा ५ हजार ९६७ जनाले ज्यान गुमाएका छन् ।

विश्वव्यापी रुपमा संक्रमणमा रहेका ७ लाख ४९ हजार ३२२ जना विश्वका विभिन्न अस्पताल, क्वारेन्टाइन र आइसोलेसनमा भर्ना भएर उपचार गरिरहेका छन् । जसमध्ये ३७ हजार ६९८ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारीले अहिले सबैभन्दा बढी अमेरिकालाई प्रभावित बनाएको छ ।

अमेरिकामा २ लाख ४४ हजार ४३३ संक्रमित छन् । २४ घण्टामा मात्रै अमेरिकामा २९ हजार ४३० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म अमेरिकामा ६ हजार ६३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा बढी मृत्यु भएको इटालीमा १३ हजार ९१५ जनाले ज्यान गुमाएका छन् । १ लाख १५ हजार २४२ जना संक्रमित छन् ।

तेस्रो धेरै संक्रमित भएको मुलुक स्पेन हो । स्पेनमा अहिलेसम्म १ लाख १२ हजार ६५ संक्रमित छन् । अहिलेसम्म १० हजार ३४८ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा फ्रान्समा धेरैको मृत्यु भएको छ । १ हजार ३३५ जनाले ज्यान गुमाउँदा कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या ५ हजार ३८७ पुगेको छ । फ्रान्समा ५९ हजार १०५ संक्रमित छन् ।