खाडी मुलुकबाट नेपाली फर्काउन सरकार अन्योलमा

खाडी मुलुकबाट नेपाली फर्काउन सरकार अन्योलमा
शुक्रबार, चैत्र २१, २०७६

काठमाडौं। खाडी मुलुकमा रहेका नेपाली स्वदेश फर्कन चाहेपछि सरकार ल्याउने नल्याउने अन्योलमा रहेको छ ।
खाडी मुलुकसहित पश्चिी एसिया क्षेत्रमा करिब २० लाख नेपाली रहेका छन् ।

कोरोनाको संक्रमणले महामारीको रुप लिएपछि कुवेतसरकारले अहिले गैर भिसामा बसेका विदेशीलाई सुविधा दिएर घर फर्काउने निर्णय गरेको छ ।

कुवेत सरकारले अप्रिल महिनाभर विदेशी नागरिकलाई आफूले काम गरेको स्थान र रहनुपरेको कारणसहित जानकारी दिए फर्काउने प्रक्रिया अघि बढाउने जनाएको छ । फिर्ती प्रक्रियाका लागि उसले कामदार पठाउने मुलुकलाई पनि जानकारी गराई सकेको छ ।

कुवेतमा ७० हजार बढी नेपाली कार्यरत रहेकोमा सात हजार भन्दा बढी बिना भिसामा काम गरिरहेको सूचना दूतावासलाई छ ।

बिना भिसाका नेपालीसहित सबै मुलुकका नागसरकलाई कुवेत सरकारले सुविधा दिएपछि नेपालीले आफूहरुलाई फकाउने वातावरण मिलाइदिन दूतावासलाई आग्रह गरिरहेका छन् ।

कुवेतका स्थित नेपाली दुतावासले नेपालीसहित सबै विदेशी कामदारलाई दिएको यो अवसर राम्रो भए पनि मुलुकको वर्तमान अवस्थामा कसरी फर्काउन सकिएला भन्ने विषय अध्ययन भइरहेको बताएको छ ।

‘यसबारेमा दसतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको बताएको छ।

फिलिपिन्स, भारतसहितका मुलुकले विमान चार्टर गरेर आफ्ना नागरिक लैजाने तयारी गरेका छन् । नेपालको अवस्था फिर्ता ल्याउने पक्षमा नरहेको जानकारी दूतावासले दिनुपर्ने परराष्ट्रको धारणा छ ।