कोरोनाको जोखिम उच्च भए संगै सोमालियामा अल शबाबको प्रोपागाण्डा

कोरोनाको जोखिम उच्च भए संगै सोमालियामा अल शबाबको प्रोपागाण्डा
शुक्रबार, चैत्र २१, २०७६

एजेन्सी। कोरोना भाइरसले बिश्व आक्रान्त भई रहेको बेला सोमालियाको मुस्लिम लडाकु समूहले यसलाई आफ्नो प्रोपागाण्डा हतियारको रुपमा प्रयोग गरेको बीबीसीले जनाएको छ।

त्यहाँका मुस्लिम समुदाय कोरोना विरुद्धको लडाईँमा अग्रपङ्क्तिमा रहेर प्रोपोगाण्डाको रुपमा प्रयोग गरिरहेको बीबीसीले जनाएको हो।

सोमालियामा सक्रिय अलकायदा समर्थित अल शबाबले कोरोनाको संक्रमणबाट सचेत रहन सूचना जारी गर्दै देशलाई गुलाम बनाउनेहरुले यसलाई फैलाएको आरोपसमेत लगाएको छ।

यो लडाकु समूहले सोमालियाको दक्षिणी र मध्ये क्षेत्रमा कब्जा गर्दै दशकदेखि आफ्नो उपस्थित जनाउँदै आएको छ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको बुधवारको रिपोर्टमा सोमालियमा पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।

दशकैं लामो द्धन्द्धले सोमाmियाको स्वास्थ्य सेवा धरासायी बनाएको छ भने लाखौं मानिस शिविरमा छन्। यहाँ साबुन पानीको प्रबन्ध पनि राम्रो छैन।

सोमालियको धार्मिक मामिला, स्वास्थ्य तथा सूचना मन्त्रालयले त्यहाँका मुस्लिम नेताहरुसँग मिलेर शिक्षक तथा धार्मिक गुरुहरुलाई एन्टी कोरोना आर्मीुको रुपमा परिवर्तन गराएको छ।

ुउनीहरु सडकका किनारामा र मानिस भेला हुने स्थानमा उभिएर कोरोना कसरी सर्छ भन्ने जानकारी गराउने छन् ।

यसरी तयार गरिएको एन्टी कोरोना आर्मीले मानिसहरुले हात धोएका छन् वा छैनन्, साबुनको प्रयोग गरेका छन् कि छैनन् र सामाजिक दूरी कायम गरेका छन् कि छैनन् भन्ने पनि अनुगमन गर्ने छन् ।

सोमालिया सरकारले कोरोना विरुद्ध चालेको अभियानको विरोध अल शबाब समूले गर्ने र यसको फाइदा उठाउने जोखिम पनि उत्तिकै रहेको बताइन्छ ।

उसले मदरसा बन्द गरेको विरोध गर्दै धार्मिक समुदायलाई आफ्नो पक्षमा पार्न सक्ने देखिन्छ।