साउदीमा कोरोना कहरः मक्का र मदिना क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

साउदीमा कोरोना कहरः मक्का र मदिना क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
शुक्रबार, चैत्र २१, २०७६

साउदी अरब- साऊदी सरकारले सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभएसम्मका लागि मक्का मदिनमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

साउदी सरकारले ल्याएका निर्देशनहरु कुनै लापरवाही नगरी अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको छ ।  साउदीमा रहेका सबै नेपाली नागरिकलाई साउदीस्थित दूतावासले अनुरोध गर्दै सूचना समेत जारी गरेको छ ।

त्यस्तै गत सोमवार साउदीले एक सूचना जारी गर्दै त्यहाँ ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिक हरुको निःशुल्क उपचार गर्ने आदेश दिएको थियो । यो आदेशबाट साउदी अरबमा भिषा कानून उ,ल्लंघन गरी बसेका नागरिकहरुले समेत फाइदा लिन सक्ने भएकाछन् ।

त्यस्तै बुधबार साउदी सरकारले कामदारको सहमति वेगर वेतलवी विदामा राख्न नपाइने गरी निर्देशन जारी गरेको साउदीमा रहेको नेपाली राजदूतावासले जानकारी दिएको थियो ।

विहिबार साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी दिँदै साउदीमा रहेको नेपाली राजदूतावासले अत्यावश्यक सेवा बाहेक कुनैपनि वहानामा बाहिर ननिस्किन र कर्फ्यू पालना वा उल्लंघन सम्बन्धी कुनै पनि भिडियोहरु सामाजिक संजालमा नराख्न अनुरोध गर्दै सूचना जारी गरेको छ ।