कास्कीमा नयाँ कोरोना संक्रमण भेटिएको सुचना गलत

कास्कीमा नयाँ कोरोना संक्रमण भेटिएको सुचना गलत
शुक्रबार, चैत्र २१, २०७६

पोखरा । गण्डकी प्रदेश सरकारको स्वास्थ्य सेवा निर्देशनालयले नयाँ व्यक्तिमा कोरोना संक्रमण देखिएको नभइ पुरानै संक्रमितको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताएको छ ।

यसअघि प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकै एक उच्च अधिकारीले पोखरामा १ जनामा कोरोना संक्रमण देखिएको सूचना दिएका थिए ।

तर, निर्देशनालयका आपतकालीन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले भने पुरानै व्यक्तिको नमूना परीक्षण गर्ने क्रममा कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको बताएका छन् ।

पहिले बाग्लुङकै १९ वर्षीया कोरोना संक्रमित युवतीको परीक्षण गर्दा पोजेटिभ आएको शर्माले बताएका छन् ।

यसअघि स्वास्थ्य सेवा निर्देशनालयले आफ्नो आधिकारिक वेवसाइटमा समेत नेपालमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको भनेर अपडेट देखाएको थियो । तर, पछि उक्त संख्या सच्याएर ६ राखिएको छ ।