मकवानपुरका इट्टाभट्टाबाट कामदार फर्किने क्रम बढ्यो

मकवानपुरका इट्टाभट्टाबाट कामदार फर्किने क्रम बढ्यो
शुक्रबार, चैत्र २१, २०७६

मकवानपुर । मकवानपुरका इट्टाभट्टबाट मजदुरहरु लकडाउनकै समयमा गाउँ फर्कने क्रम वढेको छ । विभिन्न जिल्लाबाट मकवानपुरगढी गाउँपालिकामा रहेका इट्टाभट्टाबाट कामदारहरु फर्कने क्रम बढेको हो ।

कामका लागि आएका उनिहरु लकडाउनको समयावधि थपिएपछि गाउँ फर्कन थालेका हुन । मकवानपुरगढीमा दैनिक एक सयको हाराहारमा इट्टाभट्टाका कामदाहरु फर्कन थालेका छन् ।

चितवन, धादिङ, भक्तपुर लगायतका जिल्लाका इट्टाभट्टाका कामदार दुई छाक टार्नै समस्या हुन थालेपछि गाउँ फर्किएका छन् । इट्टाभट्टाबाट फर्कनेहरुलाई गाउँपालिकाले शिखरकटेरीस्थित गढी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य जाँच गरिरहेको छ ।

ठूलो संख्यामा कामदारहरु विभिन्न जिल्लाबाट गाउँ फर्कन थालेपछि स्थानीयले भने कोरोना संक्रमणको जोखिम वढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन ।