बर्दियाका निर्माण व्यवसायीद्वारा सुरक्षाकर्मीलाई पीपीई प्रदान

बर्दियाका निर्माण व्यवसायीद्वारा सुरक्षाकर्मीलाई पीपीई प्रदान
शुक्रबार, चैत्र २१, २०७६

बर्दिया । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न अहोरात्र खट्ने सरक्षाकर्मीका लागि निर्माण व्यवसायिले पीपीई प्रदान गरेका छन ।

कोरोनाको महामारीको जोखिमबाट नागरिकको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीलाई बर्दियाका निर्माण ब्यवसायीले १ सय ५० थान पिपिई प्रदान गरेका हुन ।

निर्माण व्यवसायि संघ बर्दियाका अध्यक्ष भेषराज पौडेलले प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई पीपीई अर्थात ब्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरे ।

सामाग्री बर्दियामा कार्यरत शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई वितरण गरिने प्रजिअ लामिछानेले बताएका छन् । त्यस अवसरमा विपत्तिका बेला सवै सरोकारवाला निकाय र सहयोगी हातहरु एक हुनुपर्ने निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेलले बताएका छन् ।

सरकारले लगाएको लकडाउन र सचेतनामुलक कार्यक्रमहरुको पुर्ण पालना गरी सहयोग गर्न उनले आग्रह पनि गरे । निर्माण व्यवसायीले गुलरिया बजार क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि किटनाशक औषधी समेत छर्केका थिए ।