कोरोनाका कारण प्रो लिग फुटबल प्रतियोगिता रद्द

कोरोनाका कारण प्रो लिग फुटबल प्रतियोगिता रद्द
शुक्रबार, चैत्र २१, २०७६

एजेन्सी । कोरोना भाईरसको संक्रमणको सन्त्रासका कारण स्थगित बेल्जियमको शीर्ष डिभिजनको प्रो लिग फुटबल प्रतियोगिता रद्द हुने भएको छ ।

लिगको निर्देशक कमिटिले यस सिजनको लिग रद्द गर्ने निर्णय गरेको हो । यो निर्णय कमिटिले बोर्ड बैठकमा पेशसमेत गरेको छ ।

आगामी अप्रिल १५ मा बस्ने बोर्ड बैठकले यो निर्णयलाई आधिकारिक रुपमा अनुमोदन गर्ने बताईएको छ । यो लिग रद्द भए कोरोनाका कारण रद्द हुने युरोपको पहिलो लिग फुटबल प्रतियोगिता बन्नेछ ।

त्यस्तै कमिटिले यस सिजनको उपाधि लिग लिडर क्लब ब्रुगलाई दिने निर्णय समेत गरेको छ । यस सिजन ब्रुग दोस्रो स्थानको जेन्ट भन्दा १५ अंकले अघि रहेको थियो ।