अमेरिकामा एकै दिन १ हजार ३२० को मृत्यु

अमेरिकामा एकै दिन १ हजार ३२० को मृत्यु
शनिबार, चैत्र २२, २०७६

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ३९१ पुगेको छ ।

अमेरिकामा एकैदिन ३२ हजार ०८८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ९६५ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ ।

अमेरिकामा संक्रमितमध्ये १२ हजार २८३ जना उपचारपछि निको भएका छन् । ५ हजार ७८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २ लाख ५७ हजार २९१ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ९७२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५९ हजार १४० पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख ९७ हजार ८१० पुगेको छ । एकै दिन ८२ हजार ७४५ जनामा संक्रमण देखिएको जनाइएको छ ।

संक्रमितमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएका छन् ।