भारतिय क्वारेन्टाइनमा खाँदाखाँद नेपाली

भारतिय क्वारेन्टाइनमा खाँदाखाँद नेपाली
शनिबार, चैत्र २२, २०७६

काठमाडौं। सरकारले सीमा क्षेत्रमा आएर बसेका नेपालीलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै नेपाल प्रवेश गर्न दिने निर्णय गरेसंगै भारतीय पक्षले राखेको क्वारेन्टाइनमा नेपालीहरू खाँदिएर बस्न बाध्य भएका छन् ।

सबै संग खाँदिएर बस्दा रोगको डरले सताउने गरेको उनीहरूकोगसनासो छ। सरकारले भारत र चीनसँगको सीमा नाका बन्द गरेपछि पनि स्वदेश फर्किंर्ने क्रममा रहेका नेपाली अहिले सीमा नाकामा छन् ।

नेपाली सरकारी अधिकारी र भारतीय पक्षबीच सीमामा अलपत्र परेका दुवै देशका नागरिकलाई सम्बन्धित देशको सरकारले व्यवस्थापनको काम गर्ने सहमति भएको छ ।

गत सोमबार मात्रै देशको पश्चिमी नाकाबाट महाकाली नदी तरेर नेपालतर्फ प्रवेश गर्न लाग्दा प्रहरीले एक नेपाली नागरिकलाई पक्राउ गरेको थियो ।

यसैगरी, केही दिनअघि दार्चुलाका एक व्यक्तिसमेत ट्युबको सहारामा महाकाली नदी तरेर भारतबाट चोर बाटो हुँदै नेपाल छिरेका थिए । प्रहरीले उनलाई पक्राउ गरेको थियो ।