सुदुरपश्चिममा थप तीन जना कोरोना संक्रमित : नेपालमा संक्रमितको संख्या ९ पुग्यो

पहिलोपटक स्थानीयमा देखियो कोरोना

सुदुरपश्चिममा थप तीन जना कोरोना संक्रमित : नेपालमा संक्रमितको संख्या ९ पुग्यो
शनिबार, चैत्र २२, २०७६

नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेका छन्। यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरकै ४१ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टी भएको छ भने  कैलालीकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ।

कैलालीकी ३४ वर्षीय महिला  भने कतैबाट आएकी नभई यसअघि कैलालीमा संक्रमित भेटिएका दुवाइबाट आएका पुरूषकी आफन्त हुन्।

उनमा देखिएको कोरोना संक्रमण स्थानीयमा देखिएको पहिलो केस हो।