कपिलवस्तुमा एक जनालाई आइसोलेसनमा राखियो

कपिलवस्तुमा एक जनालाई आइसोलेसनमा राखियो
फाइल तस्वीर
शनिबार, चैत्र २२, २०७६

कपिलवस्तु । कपिलवस्तुमा कोरोना (कोभिड १९) संक्रमणको आशंकामा एक जनालाई आइसोलेसनमा राखिएको छ । जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालको आइसुलसेनमा ती व्यक्तिलाई राखिएको हो ।

छाती दुख्ने, ज्वरो आउने लगायतका लक्षण देखिएपछि शिवराज नगरपालिका निवासी उनलाई शुक्रवार अस्पतालमा ल्याईएको थियो ।

स्वाब परिक्षणका लागि आइतवार बुटवल पठाउने तयारी भैरहेको अस्पताल स्रोतले जनाएको छ । कोरोनाको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिएको बिरामी जिल्लामै पहिलो हो । जिल्लामा अझै पनि कसैमा कोरोनाको संक्रमण पुष्टि भएको छैन ।

जिल्लाका १० पालिकाले तयारको गरिएको ८ सय ९९ क्वारेन्टाईन बेडमा ६ सय ७२ जना रहेको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जानाकारी गराएको छ ।

२३ जना डिस्चार्ज भई घर गई सकेका छन । जिल्लामा ८ आईसुलशेन बेड सञ्चालन गरिएका छन । क्वारेनटाईनमा राखिएका मध्ये ९५ प्रतिशत बढी भारतबाट फर्केका हुन ।