लिवियाका पूर्वप्रधानमन्त्रीको कोरोनाका कारण मृत्यु

लिवियाका पूर्वप्रधानमन्त्रीको कोरोनाका कारण मृत्यु
सोमवार, चैत्र २४, २०७६

काठमाडौं । लिवियाका पूर्वप्रधानमन्त्री मोहम्मद जिव्रीलको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

गत मार्च २७ गते जिव्रिलको परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनको आइतबार मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

६७ वर्षीय उनी सन् २०१२ सम्म लिवियाको चुनावी सरकारको अन्तरिम प्रधानमन्त्री बनेका थिए ।