पाकिस्तानमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) माग गर्दै प्रदर्शन गर्ने चिकित्सक पक्राउ

पाकिस्तानमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) माग गर्दै प्रदर्शन गर्ने चिकित्सक पक्राउ
सोमवार, चैत्र २४, २०७६

पाकिस्तान । व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) उपलब्ध गराउन माग गर्दै प्रदर्शनमा उत्रिएका पाकिस्तानका दर्जनौ डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको विरोध प्रदर्शनका क्रममा चिकित्सकहरुलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा कोरोनाको उपचारमा संलग्न चिकित्सकले व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) को माग गर्दै विरोध गरेका थिए ।

प्रहरीले चिकित्सकलाई पक्राउ गरेसँगै बलुचिस्तानका युवा चिकित्सकहरुले उपचार बहिस्कार गर्ने घोषणा गरेका छन् ।