कोरोना शंकामा कपिलबस्तुमा एकजना अस्पतालमा भर्ना

कोरोना शंकामा कपिलबस्तुमा एकजना अस्पतालमा भर्ना
सोमवार, चैत्र २४, २०७६

रमेश मिश्रा । कपिलवस्तु । कोरोना संक्रमणको आशंकामा कपिलबस्तुमा एक जनालाई आइशोलेसनमा राखिएको छ । जिल्लाको सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पतालको आइशोलेसनमा राखिएको हो ।

छाती दुख्ने, ज्वरो आउने लगायतका लक्षण देखिएपछि शिवराज नगरपालिका निवासी उनलाई शुक्रवार अस्पतालमा ल्याईएको थियो । स्वाब परिक्षणका लागि बुटवल पठाइएको छ ।

कोरोनाको आशंकामा आइशोलेसनमा राखेर उपचार गरिएको बिरामी जिल्लामै पहिलो हो । जिल्लामा अझै पनि कसैमा कोरोनाको संक्रमण पुष्टि भएको छैन । जिल्लाका १० पालिकाले तयारको गरिएको ८ सय ९९ क्वारेन्टाईन बेडमा ६ सय ७२ जना रहेको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जानाकारी गराएको छ ।

२३ जना डिस्चार्ज भई घर गई सकेको र ८ वटा आइशोलेसन बेड संचालन गरिएका छन । क्वारेनटाईनमा राखिएका मध्ये ९५ प्रतिशत बढी भारतबाट फर्केका हुन ।