कोरोना भाइरसः एकैदिन भारतमा १८, पाकिस्तानमा ६ जनाको मृत्यु

कोरोना भाइरसः एकैदिन भारतमा १८, पाकिस्तानमा ६ जनाको मृत्यु
मङ्लबार, चैत्र २५, २०७६

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारत र पाकिस्तानमा बढ्दो रुपमा देखिएको छ ।

एकै दिन भारतमा १८ र पाकिस्तानमा ६ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।

भारतमा एकैदिन ४८९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ हजार ७७८ पुगेको छ । भारतमा संक्रमितमध्ये ३७५ जना उपचारपछि निको भएका छन् । ४ हजार २६७ जना उपचाररत छन् ।

यसैबीच, कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५३ पुगेको हो ।

पाकिस्तानमा एकैदिन ६०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ हजार ७६६ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये २५९ जना उपचारपछि निको भएका छन् । ३ हजार ४५४ जना उपचाररत छन् । उनीहरुमध्ये १७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६५४ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १३ लाख ४६ हजार ३६ पुगेको छ । एकै दिन ७३ हजार १३५ जनामा संक्रमण देखिएको छ ।
संक्रमितमध्ये २ लाख ७८ हजार बढी उपचारपछि निको भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।