स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७०० जनाको मृत्यु

स्पेनमा कोरोना भाइरसका कारण एकैदिन ७०० जनाको मृत्यु
मङ्लबार, चैत्र २५, २०७६

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ७०० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ३४१ पुगेको छ ।

स्पेनमा एकैदिन ५ हजार २९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ६७५ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ४० हजार ४३७ जना उपचारपछि निको भएका छन् । ६ हजार ९३१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८२ हजार ८९७ जना उपचाररत छन् ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६५४ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १३ लाख ४६ हजार ३६ पुगेको छ । एकै दिन ७३ हजार १३५ जनामा संक्रमण देखिएको छ ।
संक्रमितमध्ये २ लाख ७८ हजार बढी उपचारपछि निको भएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।