एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १३ सय भन्दा बढी पक्राउ

एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १३ सय भन्दा बढी पक्राउ
मङ्लबार, चैत्र २५, २०७६

काठमाडौं । प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १३ सय बढीलाई पक्राउ गरेको छ ।

आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३३१ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जसमा १ हजार ७६ जना पुरुष र २५५ जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाईएका ३ सय ३८ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ ।