नेकपाको सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै

नेकपाको सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै
मङ्लबार, चैत्र २५, २०७६

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

आज अपराह्न ४ बजे पार्टी सचिवालय बैठक डाकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा कोरोना भाइरस रोकथाम तथा उपचारमा सरकारले गरिरहेको काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवादलगायतका विषयमा छलफल हुने बताइएको छ ।

स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएपछि यतिबेला नेकपाभित्र असन्तुष्टि छ ।