प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने
मङ्लबार, चैत्र २५, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

आज बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्ने  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

कोरोना भाइरस कोभिड१९ को विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको बताईएको छ ।

प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा आजको सम्बोधनबारे मन्त्रीहरूलाई जानकारी दिएका थिए।