प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षीको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री ओलीद्वारा बेलायती समकक्षीको स्वास्थ्यलाभको कामना
मङ्लबार, चैत्र २५, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण भएर आईसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोनसनको प्रधानमन्त्री ओलीले मंगलबार स्वास्थ्यलाभको काामना गरेका हुन्।

जोनसन आईसीयूमा भर्ना भएको आफूले जानकारी पाएको र कोरोना भाइरसँग लड्ने क्षमता रहेको ओलीले सामाजिक सञ्‍जाल ट्वीटरमा लेखेका छन्।

कोरोना भाइरसले संक्रमित प्रधानमन्त्री जोन्सनको स्वास्थ्य अवस्था खराब बन्दै गएपछि उनलाई आइसियुमा भर्ना गरिएको डाउनिङ स्ट्रीटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रधानमन्त्रीका एकजना प्रवक्ताले प्रधानमन्त्रीको चिकित्सक समूहको सल्लाह अनुसार उनी ‘उत्कृष्ट हेरचाह’ मा छन् ।
प्रधानमन्त्री जोन्सनले आवश्यक निर्णय लिने जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबलाई दिएको पनि प्रवक्ताले जनाएका छन् ।
५५ वर्षीय प्रधानमन्त्री जोन्सनमा कोरोना भाइरस संक्रमणका लक्षणहरू लगातार देखिएपछि उनी आइतबार लण्डनस्थित अस्पताल भर्ना भएका थिए ।