कक्षा ११ र १२ को परीक्षा अनिश्चितकाललाई स्थगित

कक्षा ११ र १२ को परीक्षा अनिश्चितकाललाई स्थगित
मङ्लबार, चैत्र २५, २०७६

काठमाडौं । आगामी बैशाखका लागि तय भएको कक्षा ११ र १२ को बार्षिक परीक्षा स्थगित भएको छ ।

बैशाख ८ गतेदेखि सञ्चालन हुने भनिएका १२ को र २१ गतेदेखि हुने भनिएको कक्षा ११ को बार्षीक परीक्षा अनिश्चितकाललाई स्थगित भएको हो।

कोरोना संक्रमणको जोखिमका कारण कक्षा ११ र १२ को वार्षिक परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा बोर्डले मंगबार एक सूचना जारी गर्दै कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित भएको जनाएको हो। यसअघि सरकारले कोरोनाको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित गरेको थियो।