थर्मल गनमा कालोबजारीको आरोपमा ब्यापारी सुलभ अग्रवाल पक्राउ

थर्मल गनमा कालोबजारीको आरोपमा ब्यापारी सुलभ अग्रवाल पक्राउ
मङ्लबार, चैत्र २५, २०७६

काठमाडौं । ज्वरो नाप्न प्रयोग हुने थर्मल गनको कालोबजारी गरेको आरोपमा नेपालको व्यावसायिक घराना शंकर ग्रुपका सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

३ हजार ५ सय रुपैयाँ बजार मूल्य रहेको एउटा थर्मल गन १६ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार सुलभले थर्मल गनको प्रयोगका लागि कुटनीतिक नियोगका व्यक्तिले प्रयोग गर्ने (निलो नम्बर प्लेट)को गाडी प्रयोग गरेका थिए ।

उनले आफू नेपालका लागि किर्गिस्तानको अवैतानिक कन्सुलर भएको बताएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले उनको गाडीबाट ६७ थान थर्मल गन समेत बरामद गरेको छ ।