कोरोना भाइरस : ३० हजार ५६६ क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा

कोरोना भाइरस : ३० हजार ५६६ क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा
मङ्लबार, चैत्र २५, २०७६

काठमाडौं –  नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम अतिउच्च भएपछि सरकारले ३० हजार ५६६ व्यक्तिलाई राख्न मिल्ने गरीको क्वारेन्टाइन केन्द्र तयारी अवस्थामा राखेको जनाएको छ ।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका हुन् ।

आगामी साता अझ भयावह हुने जनाउ दिदै उनले ३० हजार ५६६ व्यक्ति क्षमताको क्वारेन्टाइन केन्द्र तयारी अवस्थामा रहेको जनाएका छन् ।

ती क्वारेन्टाइनमा ९ हजार १ सय ६८ जनालाई राखेर निगरानी बढाइएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

३ हजार २५९ क्षमताको आइसोलेसन बेड तयार गरी हाल ९५ जनाको आइसोलेसनमा उपचार भइरहेको पनि उनले जानकारी दिएका छन् ।

‘सरकार सकभर संक्रमण फैलन नदिन र फैलिनै हाले पनि त्यसलाई रोक्न तयारी अवस्थामा जुटेको छ,’ प्रधानमन्त्री ओलीले भने,’यसअवधिमा सातै प्रदेशबाट पीसीआर प्रविधिबाट परीक्षण सुरु गरिएको छ ।’

संक्रमण फैलन नदिन सरकारले विभिन्न तहबाट काम गरिरहेका उनले प्रष्ट्याएका छन् ।