जापानका ७ प्रान्तमा आपतकाल घोषणा

जापानका ७ प्रान्तमा आपतकाल घोषणा
मङ्लबार, चैत्र २५, २०७६

काठमाडौं । जापानले विभिन्न ७ वटा प्रान्तमा आपतकाल  अवस्था घोषणा गरेको छ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जापानी प्रधानमन्त्री सिन्जो आवेले आज (मंगलबार) देखि आपतकाल घोषणा गरेका हुन् ।

जापानको राजधानी टोकियोसहित, साईतामा, चिबा, खानागावा, ओसाका, ह्योगो र फुकुओका क्षेत्रमा मंगलबादेखि सुरु भएको आपतकाल मे ६ तारिख अर्थात एक महिनासम्म जारी रहने छ ।