भारतको अस्पतालबाटै भागेका कोरोना संक्रमित नेपाली पक्राउ

भारतको अस्पतालबाटै भागेका कोरोना संक्रमित नेपाली पक्राउ
तस्वीरः बीबीसी
मङ्लबार, चैत्र २५, २०७६

काठमाडौं –  भारतको उत्तरप्रदेश राज्यस्थित बागपत जिल्लाको एक अस्पतालबाट सोमवार राति भागेका कोरोनाभाइरस सङक्रमित एकजना नेपालीलाई पुनः नियन्त्रणमा लिइएको भारतीय प्रहरीले जनाएको छ ।

धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जानकारी दिएको छ ।

कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई शुक्रबार उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो।

तर सोमवार राती अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेपछि बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो।

१० वटा टोली परिचालन गरेर उनलाई पुनड्ड नियन्त्रणमा लिइएको बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले जानकारी दिएको बीबीसीले जनाएको छ ।