चीनको बुहानमा लकडाउन खुल्यो, जनजीवन सामान्य बन्दै

चीनको बुहानमा लकडाउन खुल्यो, जनजीवन सामान्य बन्दै
बुधबार, चैत्र २६, २०७६

एजेन्सी- चीनको बुहानमा ७६ दिनपछि लकडाउन खोलिएको संगै जनजीवन सामान्य हुन थालेको छ।

बुहानहानको अन्य प्रान्तसँगको बोर्डर भने केही दिनपछि मात्र खुला राखिने भएको छ। बुहानका केही स्थान र कार्यालयमा भने अझै प्रतिबन्ध भने जारी राखिने जनाइएको छ।

१ करोड १० लाख जनसंख्या भएको बुहानमा गत डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिए संगै गत जनवरी २३ देखि सरकारले सिल्ड गरेको थियो।

बुधबारदेखि बुहानमा रेल, उडान र राजमार्ग पनि खुला राखिएको छ।