कोरोना भाइरसः इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १ सय नाघ्यो

कोरोना भाइरसः इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १ सय नाघ्यो
बुधबार, चैत्र २६, २०७६

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६०४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १२७ पुगेको छ । इटालीमा एकैदिन ३ हजार ३९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३५ हजार ५८६ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये २४ हजार ३९२ जना उपचारपछि निको भएका छन् । ३ हजार ७९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ९४ हजार ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।